काठमाडौं । नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले राष्ट्र बैंकका गभर्नरबाट शपथ लिएका छन् । नव नियुक्त अध्यक्ष भर्चुअल समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर माहाप्रसाद अधिकारीले शपथ लिएका हुन् ।
शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याल २०७७ असोज २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका थिए ।