काठमाडौं । उपहार यस्तो होस् जसको वर्षाैसम्म उपयोग र सम्झना होस् । पछिल्लो समय विवाह व्रतवन्ध, पास्नी, वैवाहिक बर्षगाँठको अवसरमा दिइने उपहारको प्रकार परिवर्तन भएको छ । आजकल ओइलाएर जाने फुलको बुकी होइन जीवन नै हराबरा बनाउने बीमा पोलिसी उपहार दिने प्रचलन बढेर गएको छ । यसै सन्दर्भमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका मिथिला रिजनद्वारा नव विवाहित जोडीलाई बीमा पोलिसी उपहार दिएका छन् ।
मिथिला रिजनको संयुक्त उपहार स्वरुप जीवन सुरक्षा बीमा पोलिसी वापत ५ लाख रुपैयाँ बराबरको बीमा पोलिसी उपहार दिएको कम्पनीले जनाएको छ। गोलबजार, सिरहास्थित बिवाहमामा उपस्थिति लहान शाखाका शाखा प्रमुख लगायत मिथिला रिजनका वरिष्ठ एजेन्सी म्यानेजरहरुले नवविवाहित तिर्थ प्रसाद सिंह र इन्द्रकला कुमारी सिंहलाई रिजनले विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन् ।