free website hit counter

नविकरण शुल्क नतिर्दा ८२ कम्पनीको शेयर कारोबार रोक्का

beemaadmin
२०७६ कार्तिक २, शनिबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेप्सेमा सुचीकृत कम्पनीले बार्षिक रुपमा तिर्नुपर्ने नविकरण शुल्क नबुझाएपछि ८२ कम्पनीको शेयर कारोबर रोक्का गरेको छ । यसरी शुल्क नबुझाउने कम्पनीमा सानातिना मात्र होइनन् सबै भन्दा धेरै कित्ता शेयर सुचीकृत रहेको नेपाल टेलिकम र सबै भन्दा धेरै शेयरमूल्य कायम रहेको युनिलिभर नेपाल पनि परेको छ ।
धितोपत्र सुचीकरण विनियमावली २०७५ अनुसार ५० करोड बरावरको शेयर सुचीकृत कम्पनीले वार्षिक नविकरण शुल्क वापत ५० हजार रुपैयाँ र त्यसभन्दा धेरै चुक्ता पुँजी भएको कम्पनीले एक लाख रुपैयाँ बुझाउनु पर्ने व्यवस्था छ ।
यति रकम पनि नबुझाएपछि ८२ कम्पनीको शेयर कारोबार रोक्का भएको हो । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण तथा कारोबार स्थगीत गरेकोे जनाएको छ । करोबार रोक्का हुनेमा १९ लघुवित्त, २ व्यापार, २ होटल, २ अन्य, ११ उत्पादन तथा प्रशोध, २ बीमा, १८ विकास बैंक, १२ फाइनान्स कम्पनी र १३ जलविद्युत समुहका कम्पनीहरु रहेका छन् ।
हरेक आर्थिक वर्ष समाप्तिको तीन महिनासम्ममा सुचीकरण नविकरण नगर्ने कम्पनीको शेयर कारोबार रोक्का हुन्छ । कारोबार रोक्का भएका कम्पनीले सुचीकरण शुल्क बुझाउने वित्तिकै कारोबार भने खुल्नेछ ।

हेरौं कुन कुन कम्पनी कारबाहीमा परे ?

सम्बन्धित समाचार