free website hit counter

नारन्तिदेबि ऐर ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड

beemaadmin
२०८१ असार १६, शनिबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी एजेन्सी मेनेजर नारन्तिदेबि ऐर ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी दोस्रो तथा सुदुर पश्चिमबाट पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् । कम्पनीको झलारी शाखा कार्यालयमा आवद्ध रहेकी उनले आइएइमई लाइफ इन्स्योरेन्समा अभिकर्ताको रुपमा प्रवेश गरेको तेस्रो बर्षमै राम्रो सफलता हासिल गर्न सफल भएकी छिन् । चालु आर्थिक वर्षको असार १४ सम्म करिव ४९ लाख बढी रुपैयाँको व्यवसाय गरिसकेको उनले बताइन् । अभिकर्ता ऐरले पछिल्लो ६ महिनाको अवधिमा लगातार रात दिन नभनी गरेको कार्यको फलस्व रुप एमडीआरटी २०२५ बन्न सफल भएको बताईन् । साथै उनले, म अभिकर्ता बनेपछि सुरुमा धेरै गाह्रो भएको थियो । पछि बिस्तारै हिम्मत नहारी अघि बढ्दै जाँदा मैले सफलता प्राप्त गरेको हु। कम्पनीले पनि ऐरलाई बधाई तथा शुभकामना दिएको छ । प्रमुख कार्यकारी अधिकृत कबि फुयालले बधाई दिदैं अभिकर्ताहरुको भुमिकालाई कम्पनीले सधै कदर गरेको बताए ।

सम्बन्धित समाचार