free website hit counter

नियोलाइट जनरल इन्सुरेन्स पनि आउँदै

beemaadmin
२०७८ असार १५, मंगलवार

काठमाडौं । नेपालमा बीमा कम्पनीहरु धेरै हुँदा पनि बीमा क्षेत्रको उल्लेख्य विस्तार हुन नसकेको अवस्थामा मध्यमवर्गीय र नयाँ व्यापारिक घरानालाई समेटेर निर्जीवन बीमा कम्पनी नियोलाइट जनरल इन्सुरेन्स कम्पनीको दर्ता प्रक्रिया कम्पनी रजिस्टर कार्यालयबाट पूरा भएको छ । लामो समयबीमाक्षेत्रमा नै बिताएका बिमा विज्ञ विक्रान्त पाण्डेको अग्रस्तरमा दर्ता प्रक्रिया सकेर स्वीकृति लिनको लागि बीमा समिति जाने तयारी गरी राखेका छन्। कम्पनीलाई आवश्यकपर्ने पुँजी राखेर अगाडि बढिसकेका यस विमा कम्पनीको उद्देश्य भनेको अन्य भन्दा केही आकर्षक देखिन्छ। राष्ट्रव्यापी रूपमा घुम्ती बीमा सञ्चालन गरी सबैका लागि बीमा सम्भव पार्ने पनि उद्देश्य रहेको छ।

सम्बन्धित समाचार