free website hit counter

निर्जीबन बीमक तथा नेपाल पुनर्बीमा कम्पनीबीच अन्तरक्रिया

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सम्पुर्ण निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीबन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं कमलादी स्थीत रोयल सिंगी होटलमा आयोजना गरिएको कार्यक्रममा चालु आर्थिक बर्षका ब्यावसायिक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आर्थिक बर्षका बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो । आगामी आर्थिक वर्ष २०८१–८२ का लागि पुनर्बीमा सम्झौता नविकरणपुर्व आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी तथा बिभागिय प्रमुखहरु र निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका तर्फबाट पुनर्बीमा विभागका बिभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो । पुनर्बीमकका हैसियतले नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुसँग हुने पुनर्बीमा सम्झौतामा रहेका शर्तहरुलाई आपसी समझदारीमा टुङ्ग्याउनका लागि बीमा कम्पनीहरुसँग पहिलो चरणको छलफल मात्र भएको र थप छलफल पछि अन्तिम निर्णयमा पुग्ने जनाइएको छ । अन्तरक्रिया कार्यक्रमको शुरुवात अन्तराष्ट्रिय ख्याती प्राप्त प्रेरक वक्ता बिके रमण भट्टराईले सहजकर्ताको रुपमा वास्तबिक जिवनका भोगाइहरु शेयर गरेका थिए ।

सम्बन्धित समाचार