free website hit counter

नेको इन्स्योरेन्सले गर्यो विद्यार्थीलाई स्टेशनरी सामान सहयोग

beemaadmin
२०७७ फाल्गुन ६, बिहीबार

काठमाडौं । सामाजिक उत्तरदायित्वका कार्यक्रममा अगाडि रहेको नेको इन्स्योरेन्स लिमिटेडले आप्mनो रजत महोत्सवको अवसर पारेर विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

कम्पनीले निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिंदै आएको काठमाडौंको कालोपुलस्थित अर्किड गार्डेन नेपालमा रहेका १५० जना बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गरे । अर्किड गार्डेन नेपालका संचालक बिना बस्नेतको उपस्थितिमा स्टेशनरी सामान वितरण गरिएको इन्स्योरेन्सले जनाएको छ ।

सम्बन्धित समाचार