free website hit counter

नेपाली जनसम्पर्क समिति भारतले बीपी स्मृति दिवस मनायो

beemaadmin
२०७७ श्रावण ७, बुधबार

भारत । नेपाली जनसम्पर्क समिति उतर भारत क्षेत्रद्वारा ३८औँ बिपी स्मृती दिवस सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समितिले मंगलबार नेपाली राजनीतिका शिखर पुरुष, बिपी कोईरालाको ३८औं स्मृती दिवसको अबसरमा वृक्षरोपण र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। कोरोना महामारीबाट विश्व समुदाय नै आक्रान्त बनेको बेला सामाजिक दुरि कायम राखी दिल्लीमा सुनिता कुवरको अध्यक्षतामा प्रमुख अतिथि बालकृष्ण पाण्डेको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सन्चालन महासचिव दयाराम रोकाले गर्नु भयेको थियो । बक्ताहरुमा सहमाहासचिब हरि पाण्डे, शिक्षा सचिब सीता अधिकारी, क्षेत्रीय सदस्य दुर्गा भन्डारी लागायतका नेताहरूले बिपी, समाजवाद र बर्तमान नेतृत्व र काग्रेसको आगामी बाटोको बारेमा आ–आफ्ना बिचार ब्यक्त गर्नु भएको थियो ।

सम्बन्धित समाचार