काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत २७ गते सम्पन्न कम्पनीको ७२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १० प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै कम्पनीका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद ९कर समेत० गरी १० प्रतिशत लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
८ प्रतिशत बोनस पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ नाघ्ने छ । नेपालको पहिलो बीमा कम्पनीको रुपमा विसं २००४ साल असोज ८ मा स्थापित कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को ७२औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा सम्पन्न भएको हो ।
सभा चैत २७ गते शुक्रबारका दिन एयरपोर्ट होटल सिनामङ्गल काठमाण्डौंमा सम्पन्न भएको हो । सभामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिज्ञप्ती बमोजिमका जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक–भौतिक दुरी कायम गर्नुका साथै भर्चुअल मार्फत समेत गरिएको थियो ।
कम्पनीले आफ्ना बीमितहरु, लगानीकर्ता, नियमनकारी निकायहरु तथा कम्पनीको संचालक समितिको मार्ग निर्देशन र कर्मचारीहरुको उत्कृष्ट कार्य सम्पादन, प्रविधिको उच्चत्तम प्रयोग तथा व्यापक शाखा सञ्जाल विस्तार गरि बीमा शुल्क आर्जन, चुक्ता पुँजी, लगानी तथा नाफामा समेत बृद्धि गर्न सफल भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता प्रदान गर्दै जाने छ ।