काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल इन्स्योरेन्सले १७ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क ५८ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४३ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले चैत मसान्तसम्ममा पुनर्बीमा व्यवसायबाट कमिशन बापत ११ करोड ५० लाख रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट ६ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ, बीमा कोषमा ५० करोड ७१ लाख रुपैयाँ सञ्चित छ । कम्पनी हालसम्म १ लाख ११ हजार ७६६ वटा बीमालेख जारी गरी ९६ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने ४ हजार ६०४ वटा बीमालेख बापत ४८ करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।