काठमाडौं । अग्रमोर्चामा खटिएर उपचार गर्ने स्वास्थ्यकर्मीसँगै सुरक्षाकर्मी र अहिले विदेशबाट अलपत्र नेपाली उद्दारगर्ने पाल्ट तथा कर्मचारी समेत कोरोनाबाट संक्रमित भएका छन् । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको बताइएको छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।