free website hit counter

नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता सेयर बिक्रीमा

beemaadmin
२०८० पुष २४, मंगलवार

काठमाण्डौ । विशाल गुप्र लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामीमा राखिएको छ । कम्पनीको संस्थापक समूहतर्फको १५ लाख कित्ता सेयर पुस २४ गतेदेखि लिलामीमा राखिएको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकिएको छ । यो सेयर बैंकका विद्यमान संस्थापकहरुले मात्रै खरिद गर्न पाउनेछन् । तसर्थ इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ । सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ता र अधिकचममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । इच्छुक संस्थापक लगानीकर्ताले माघ २९ गतेसम्म ओवदन दिन सक्नेद्धन् । यदि निर्धारित समयमा कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर प्रचलित कानुन बमोजिम बिक्री गरिन बैंकले जनाएको छ ।

सम्बन्धित समाचार