free website hit counter

नेपाल बैंकले माग गर्यो ठूलो संख्यामा कर्मचारी

beemaadmin
२०७७ फाल्गुन २२, शनिबार

काठमाडौैं । बैकिङ क्षेत्रमा रोजगारीका लागि कम्मर कसेर अध्ययनगरेका विद्यार्थीहरुका लागि खुसीको खबर छ । नेपाल बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदमा १ सय ९० कर्मचारी माग गरेको हो । बैंकले केन्द्र तथा विभिन्न प्रदेशमा खुल्ला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको हो ।

बैंकले सहायक प्रबन्धकमा २० जना कर्मचारी माग गरिएको छ। यसमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेकाले आवेदन दिन सक्नेछन् ।

यस्तै, आइटीतर्फको सहायक प्रवन्धकमा ४ जना, चार्टड एकाउन्टेन्टतर्फको सहायक प्रबन्धकमा १० जना र इलेक्ट्रिकल इन्जिनियरतर्फको सहायक प्रबन्धकमा १ कर्मचारी माग गरिएको छ । इच्छुकले फागुन २१ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

अनलाइनबाट फारम भरी साथमा नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो स्क्यान तथा एट्याच गरी पठाउनुपर्नेछ । सम्बन्धित विषयमा स्नातककोत्तर गरेकाले यो पदमा आवेदन दिन सक्नेछन् ।

आवेदकको परीक्षा शुल्क ८ सय तोकिएको छ । त्यस्तै विभिन्न प्रदेशका शाखा कार्यालयका लागि सहायक पदमा ७८ कर्मचारी माग गरिएको छ।

जसअन्तर्गत प्रदेश १ अन्तर्गतका शाखा कार्यालयका लागि १७ जना, प्रदेश दुईका लागि २८, वाग्मती प्रदेशको लागि २१, गण्डकी प्रदेशको लागि ५, कर्णाली प्रदेशको लागि १ र सुदुरपश्चिमको लागि ६ जना सहायक पदमा कर्मचारी माग गरिएको छ।

सम्बन्धित समाचार