free website hit counter

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०८१ असार २३, शनिबार

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले स्व। ईशान गेलाङको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो । उनको दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीले लुम्बिनी आवासीय माध्यमिक बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको थियो । सोही अनुरुप कम्पनीले बीमा गरेको ७ दिनमा उक्त विद्यालयका एक बालक ईशान गेलाङको दुर्घटना भई मृत्यु भएको हुँदा कम्पनीले सोही वापत १ लाख १० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो ।

सम्बन्धित समाचार