free website hit counter

नेपाल लाइफद्वारा १ करोड ३२ लाख मृत्यु बीमा दावी भुक्तानी

beemaadmin
२०७८ भाद्र २, बुधबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितको असामयिक निधनपछि मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले मृतकका परिवारलाई बीमा दावी वापतको १ करोड ३२ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीको पोखरा शाखाले मृतक सुरेश बहादुर केसीको परिवारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मृतक बीमित केसीको कोरोनाका कारण मृत्यु भएको थियो ।
१ करोड रुपैयाँ बराबरको जीवन बीमा गराएका उनले ५ किस्तामात्र बुझाएको कम्पनीको पोखरा शाखाले जनाएको छ । कम्पनीले सो बीमा बापतको रकम केसीकी श्रीमति चिनुमाया केसीलाई हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार