free website hit counter

नेपाल लाइफले ल्यायो नौलो केटाकेटी जीवन बीमा योजना

beemaadmin
२०७८ श्रावण ८, शुक्रबार

काठमाडौं । नेपाली जीवन बीमा व्यवसायमा आफ्नो गर्विलो उपस्थिति जनाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समय सापेक्ष नयाँ नयाँ बीमा पोलिसी लिएर ग्राहकको मन जित्न सफल भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले फेरि नयाँ बीमा पोलिसी ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा’ सार्वजनिक गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिको स्वीकृतिमा उक्त नयाँ बालबालिका सम्बन्धी बीमा पोलिसी बिक्री सुरु गरेको हो । १ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकाले यो बीमा पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसअघि ११ वर्ष उमेरसम्मका बालबालिकाले केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ नामक पोलिसी मात्रै खरिद गर्न पाउने व्यवस्था थियो । बालशिक्षा बीमा पोलिसी निकै महंगो भएको गुनासो र बालबालिकाको उमेर अन्तर मिलाउन नयाँ बीमा पोलिसी जारी गरेको हो । न्यूनतम् ५ देखि ३० वर्षसम्म सम्म अवधीको बीमा पोलिसी न्यूनतम एक लाख रुपैयाँदेखि अधिकतम् ५० लाख रुपैयाँ बीमाङ्कको बीमा पोलिसी खरिद गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बीमितलाई केही भएमा जोखिम प्रारम्भ भएदेखि २५ प्रतिशत मात्रै पाउनेछन भने ७५ प्रतिशत बीमाङ्क रकम बीमा पोलिसीमा उल्लेख भएको बीमा अवधी समाप्त भएपछि एकमुष्ठ भुक्तानी गरिनेछ । नौलो केटाकेटी जीवन बीमा पोलिसी जन्मने बित्तिकै देखि ११ वर्षको उमेरसम्म खरिद गर्न पाइनेछ ।
यसैबीच, आजदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिक्री गर्दै आएको केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ बिक्री बन्द गरेको छ । कम्पनीले अभिकर्ता तथा शाखा कार्यालयहरुलाई पूर्व जानकारी समेत नदिई बन्द गरेको आरोप सो कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुले लगाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबै अभिकर्ताहरुलाई केटाकेटी जीवन बीमा पोलिसी प्लान ५१ बिक्री बन्द गर्न निर्देशन दिएकाे छ ।

सम्बन्धित समाचार