free website hit counter

नेरुडे लघुवित्तका शेयरधनीको यो वर्ष हात खाली

beemaadmin
२०८० पुष ११, बुधबार

काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको गत पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहित उक्त वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। यसपछि कम्पनीले वार्षिक साधारणसभा बोलाउने छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

सम्बन्धित समाचार