free website hit counter

नेशनल लाइफले दियो आश्रित परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०८० माघ ६, शनिबार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उर्लाबारी शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको आश्रित परिवारलाई १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार नेशनल लाइफमा वैदेशिक रोजगार अन्तर्गतको बीमा गरी रोजगारका लागि विदेश पलायन भएका उर्लाबारी ८ का मोहन लाल तामाङको गत असोज ११ गते साउदी अरबको दमाममा असामयिक निधन भएको थियो । तत् पश्चात कम्पनीले बीमितकी श्रीमती तेज कुमारी तामाङलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सम्बन्धित समाचार