free website hit counter

नेशनल लाईफ इन्स्योरेन्सले दियाे घातक रोगबापत २५ लाखको बीमा दावी भुक्तानी

beemaadmin
२०७८ जेष्ठ १३, बिहीबार

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले घातक रोग बीमा दाबी भुक्तानी बापत २५ लाख भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाबाट रु २५ लाखको घातक रोग दावी भुक्तानी भएको हो । जेठ १३ गते सिरहा जिल्ला लहान नगरपालिका १ निवासी बीमित शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई हस्तान्तरण गरिएको हो । घातक रोग दावी बापत २५ लाख विमांक रकम भुक्तानी गरिएको बताइएको छ । शकुन्तला कुमारी पोद्दारले २०७६ असोज २७ गते रु २५ लाख को जीवन अमृत योजना बीमालेख खरिद गर्नु भएको थियो ।
दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह, सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको परिवारको उपस्थिति रहेको थियो । बिमा दावी भुक्तानी लिँदैगर्दा बीमितका भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको भन्दै सन्तुष्टि प्रकट गरेका थिए ।

सम्बन्धित समाचार