free website hit counter

पत्रकारको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने

beemaadmin
२०७८ असार १३, आईतवार

काठमाडौं । आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा दमक नगरपालिकाले गरिदिने भएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नगरपालिका क्षेत्रमा स्थापना भई संचालनमा रहेका सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने उल्लेख गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिकका अनुभवलाई अभिलेखीकरण गर्ने अभ्यास समेत शुरु गर्ने र यसमा स्थानीय सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने जनाएको छ । यसलाई ‘अन्तर पुस्ता सञ्चार’ नाम दिइएको उपप्रमुख गीता अधिकारीले बताइन् । यसैगरी पत्रकारिता प्रवर्धनका लागि दमकमा ‘पत्रकारिता अध्ययन अनुसन्धान केन्द्र’ स्थापना गर्नेदेखि सञ्चारमाध्यमलाई मासिक रुपमै आर्थिक सहयोग गर्ने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ । साथै खोजमूलक पत्रकारिता प्रवर्धनका लागि तालिम, अवलोकन भ्रमण जस्ता प्याकेज अब दमकमा कार्यरत पत्रकारले पाउने छन् । नगरपालिकाबाट सञ्चालन भएका काम, नगरपालिकासँग सम्बन्धित आफूलाई चाहिएको जानकारी लिन नगरपालिकाले ‘जनतासँग सरकार’ भन्ने एप्स सञ्चालनमा ल्याएको छ । सो एप्सलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार