दार्चुला । फागुन २२ गते जीप दुर्घटनामा परी ज्यान गुमाएका पदमराज पन्तको परीवारलाई मृत्यु दाबी भुक्तानी गरिएको छ । दार्चुलाको लेकम गाउँपालिका ६ मा फागुन २२ गते भएको जीप दुर्घटनामा परी पदमराज पन्तको निधन भएको थियो । पन्त परीवारलाई नेशनल लाईफ ईस्योरेन्स कम्पनी मृत्यु दाबी भुक्तानी बापत चेक हस्तान्तरण गरेको हो । गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको एक कार्यक्रममा नेशनल लाईफ कम्पनीको डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।