free website hit counter

पर्यटन बोर्डको प्रमुखमा नाै भाइकाे भीडन्त

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं । सरकारको मेगा प्रोजेक्ट नेपाल भ्रमण वर्ष २०२० जारी भइसकेको अवस्थामा नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि प्रतिस्पर्धा शुरु भएको छ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ जनाबीच प्रतिस्पर्धा देखिएको छ । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आह्वान गर्दा विभिन्न व्यक्तिहरूले इच्छा देखाउँदै आवेदन दिएका थिए । तीमध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको छ ।

कार्यकारी प्रमुख छनौट उपसमितिका अनुसार सर्ट लिस्टिङमा पर्नेहरुमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, नवीन पोखरेल, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी, धनञ्जय रेग्मी, हिक्मत सिंह ऐर, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल रसन्तोषविक्रम थापा रहेको बताइएको छ ।

Advertisement
Advertisement

सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता लिने कार्यक्रम राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्येबाट एकजनाले बोर्डको कार्यकारी सम्हाल्ने छन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार