free website hit counter

पल शाहकी बहिनीले भनिन्, कुरा त्यस्तो होइन

beemaadmin
२०७९ जेष्ठ २९, आईतवार

काठमाडौं । नाबालिग करणीको अभियोगमा कलाकार पल शाह अहिले तनहुँ कारागारमा छन्। जेल परेका शाहको मुद्दा लड्नका लागि आर्थिक संकलन गरेको भन्ने खबर बाहिरिपछि उनकी बहिनी रोशनी शाहले लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएकी छिन्। उनले मुद्दा लड्नका लागि कुनै रकम नउठाएको बताएकी छिन्।
केही युट्युब च्यानलमा पलको मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबर सार्वजनिक गरेपछि रोशनीले सामाजिक सञ्जालमार्फत उक्त कुराको खण्डन गरेकी हुन्। रोशनीले पल शाह पुर्पक्षका लागि कारागारमा रहेको समयमा परिवारको तर्फबाट एक रुपैयाँ पनि नउठाएको दाबी गरेकी छिन्। अरु कसैले उठाइरहेको खबर आफूले पनि थाहा पाएकाले त्यसो नगरिदिज पनि उनले आग्रह गरेकी छिन्।
उनले लेखेकी छिन् ‘केही युट्युब च्यानल र केही सामाजिक संजालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरु आएकाले उक्त खबरले हाम्रो ध्यानाकर्षण भएको छ । पल शाह न्यायिक हिरासतमा बसेदेखि अहिलेसम्म परिवारका कुनै पनि सदस्यले कसैबाट आर्थिक सहायता लिएका छैनौ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौं।’ उनले आफूहरुले कानूनी राज्यमा विश्वास गर्ने भन्दै कानूनको संरक्षण पाउँनेमा विश्वस्त रहेको समेत बताएकी छिन्।

सम्बन्धित समाचार