free website hit counter

पहिलो किस्ता बुझाएका राजेन्द्रको मृत्यु, घरैमा पुगेर दियो सानिमा लाइफले २० लाख भुक्तानी

beemaadmin
२०७८ भाद्र १८, शुक्रबार

महेन्द्रनगर । आवश्यक कागजात पूरा भएपछि बीमाको भुक्तानी ढिलाई हुन छाडेको छ । सानिमा लाईफ इन्स्योरेन्सले एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी हस्तान्तरण गरेको छ । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीको महेन्द्रनगर शाखाले कागजात पूरा भएको २४ घण्टाभित्रै घरमै गएर दाबी भुक्तानी रकम प्रदान गरेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका–५ का स्व. राजेन्द्र डगौराकी श्रीमती माया कुमारी चौधरीलाई मृत्यु दावी भुक्तानी वापतको २० लाख ४५ हजार रुपैयाँ हिजो हस्तान्तरण गरेको हो । कार्यक्रममा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले बीमितलाई छिटो छरितो मृत्यु दावी भुक्तानी गर्ने नीति अनुसार कागजी प्रक्रिया पूरा भएको २४ घण्टाभित्रैमा दावी भुक्तानी गरेको बताए ।

सानिमा लाइफको महेन्द्रनगर शाखाका प्रबन्धक रोशन भट्ट, बजार अधिकारी गणेशराज जोशीसहितको टोलीले स्थानीय वडा सदस्य जय बहादुर बोहराको उपस्थितिमा बीमा रकम हस्तान्तरण गरेको हो । २०७७ फाल्गुनमा १० लाख रुपैयाँ बीमाङ्कको बीमा गराएका डगौराले बीमाशुल्क बापत एक किस्ता वापतको सतसठ्ठी हजार ९५४ रुपैयाँ मात्रै बुझाएको अवस्थामा यही साउन १८ गते करेन्ट लागेर मृत्यु भएको थियो ।

सम्बन्धित समाचार