free website hit counter

पाँच महिनामा कुन बिमकले कतिको गरे व्यापार

beemaadmin
२०८० पुष १६, सोमबार

काठमाडौं । सबैतिर आर्थिक मन्दिको असर देखिएको छ । चालु आर्थिक वर्ष २०८०–८१को ५ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले साढे १५ अर्ब बढीको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार मंसिरसम्म १४ वटा बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ वटा बीमा पोलिसी बिक्री गरेर १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले २ अर्ब बराबरको व्यवसाय गरेको छ । कम्पनीले १ लाख २२ हजार ६९३ बीमा पोलिसी बिक्री गरेर १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ लाख २८ हजार ३८९ बीमा लेख जारी गरेर १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्स १ लाख २२ हजार ६७८ बीमा लेखबापत १ अर्ब ५७ करोड ७६ हजार रुपैयाँ संकलन गरेको हो । हिमालयन एभरेष्टले १ लाख १ हजार २३३ बीमालेख जारी गरेर १ अर्ब ३९ करोड ५३ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियलले ९९ हजार ७५९ बीमालेख जारी गरेर १ अर्ब ३८ करोड १२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ लाख २८ हजार ६४२ बीमालेख बिक्री गरेर १ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस्तै, यूनाइटेड अजोडले ८७ लाख ५६५ बीमालेखवापत् १ अर्ब ७ करोड १२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले८२ हजार ८९८ बीमालेख बिक्री गरेर १ अर्ब १ करोड ६४ लाख रुपैयाँ, सानिमा जिआइसीले ६३ हजार २४९ बीमालेख बिक्री गरेर ९६ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यस्तै, प्रभु इन्स्योरेन्सले ४७ हजार २४९ बीमालेख जारी गरेर ८४ करोड १४ लाख रुपैयाँ, दि।ओरिएण्टलले १७ हजार ९८ बीमालेख वापत् ७२ करोड ७१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६६ हजार ६६४ बीमालेख बिक्री गरेर ६२ करोड ६१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ हजार २१९ बीमालेख बिक्री गरेर ६१ करोड ९१ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले १४ हजार ९२३ बीमालेख बिक्री गरेर ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सम्बन्धित समाचार