काठमाडौं । बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका २०६५ लाई संशोधन गर्न बीमा समितिले चरणवद्ध छलफल थालेको छ । पहिलो चरणको छलफल सबै निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग शुक्रबार सम्पन्नभएको छ भने दोस्रो चरणको छलफल आइतबार जीवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखसँग छलफल गर्दैछ । पहिलो चरणको छलफलमा समय सापेक्ष बीमकको पुनर्बीमा सम्बन्धी निर्देशिका अपडेट गरेर अघि बढ्नु उपयुक्त हुने सुझाव सबैले दिएका थिए । निर्जिवन बीमा कम्पनीका पुनर्बीमा प्रमुखहरुले यसबीचमा आईपरेका अप्ठेरा तथा निर्जिवन बीमा सम्बन्धी पुनर्बीमा निर्देशिका २०६५ मा गर्नुपर्ने संशोधनका बुँदाहरु टिपाएका छन् । बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशिका तयार पार्न बहुचरणमा छलफल गर्ने योजना बनाएको जनाएको छ ।