काठमाडौं । उकालो लागेर चरम चुलीमै पुगेको खाने तेलको मूल्य ओरोलो लागेको छ । होलसेल व्यापारीहरुका अुनसार एक महिनाको अवधिमा तेलको मूल्य लिटरमै ५० रुपैयाँले घटेको छ । सूर्यमुखी,भटमास र तोरीको तेलको मूल्यमा ठूलो गिरावट आएको चेम्बर अफ कमर्शले जनाएको छ । बजारमा अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको एक व्यवसायीले बताए । एक महिना अघि प्रतिलिटर २९५ रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य थोकमा २४६ रुपैयाँमा झरेको छ । २८० रुपैयाँ रहेको तोरीको तेलको मूल्य २५० रुपैयाँमा झरेको छ । यस्तै २९३ रुपैयाँ पर्ने भटमासको तेलको मूल्य न्युनतम् २१८ रुपैयाँ समम्मा झरेको छ ।
नेपाल वनस्पति घ्यु तेल उत्पदक संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावटका कारण खाने तलेको मूल्यमा उच्च गिरावट देखिन थालेको छ । संघका अनुसार जेठयता मात्रै खाने तेलको मूल्य लिटरमा ७० रुपैयाँसम्मले घटेको छ । तेलको मूल्य अन्तराष्ट्रिय बजारमै घटेकाकारण नेपाली बजार पनि घटेको हो ।