free website hit counter

प्रदेश नं. १ लाई ग्लोबल आइएमई बैंकद्वारा १० लाख सहयोग

beemaadmin
२०७७ असार २९, सोमबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. १ सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको प्रदेश नं. १ प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राईले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए । बैंकले, कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको छ । बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ । उक्त कार्यक्रममा प्रदेश नं. १ सरकारका अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार