काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रदेश–५ अन्तर्गत दाङ, बर्दिया र बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न होटेल, रिसोर्ट, क्याफे, रेष्टुरेन्ट तथा विद्यालयमा ग्राहक लक्षित विशेष सुहलियत सहितको सम्झौताहरुमा हस्ताक्षर भएको छ ।
सम्झौताहरु अनुसार मुक्तिनाथ विकास बैंकको भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुलाई विशेष छुट प्राप्त हुनेछ । यसरी छुट प्राप्त गर्न सकिने स्थानहरु भिङग्रेली भिलेज रिसोर्ट, घोराही, दाङ्गका सम्पूर्ण सेवामा १० प्रतिशत छूट लिने भएको छ भने पार्क फुड क्याफे एण्ड लज, तुल्सीपुर दाङ्ग, डिलाईट कर्नर, द फेमिलि रेष्टुरेन्ट, तुल्सीपुर दाङ्ग, सम्पूर्ण सेवामा पनि १० प्रतिशत नै छूट मिल्ने भएको छ । यसैगरी कृष्णसार रिसोर्ट गुलरीया, बर्दिया, खाना तथा पेय पदार्थमा २० प्रतिशत छूटको व्यवस्था भएको छ भने ग्रीन पिस माध्यमिक विद्मालय, कोहलपुर बाँके भर्ना शुल्कमा २५ प्रतिशत छूटको व्यवस्था मिलाइएको बताएको छ ।