free website hit counter

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था किन लुकाइयो ?

beemaadmin
२०७६ कार्तिक १४, बिहीबार

काठमाडौं । झण्डै १२ वर्ष अगाडि दुईवटै मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि गत भदौमा सिंगापुर पुगेर दुई पटक उपचार गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएपछि राजधानीको ग्राण्डी अस्पताल भाइटिकाको भोलिपल्ट भर्ना हुनुभयो । अस्पतालमा भर्ना भएकै सामान्य स्वास्थ्य परीक्षणपछि घर फर्किन बताइए पनि सोही दिन उहाँको मिर्गौलाको डायलाइसिस गरिएको थियो ।
स्वास्थ्य चेकजाँचको रिपोर्ट सन्तोषजनक नआएपछि आकस्मिक रुपमा डायलाइसिस गरिएको अस्पताल स्रोतले बताएको छ ।

तथापि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नेफ्रोलोजी विज्ञ एवं प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बाहेक अरु कुरा उल्लेख गरिएको छैन । यसअघि पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा धेरै अनर्गल प्रचार भएपछि प्रधानमन्त्रीज्यूको सचिवालयले वास्तविक स्वास्थ्य अवस्था सार्वजनिक गर्न बाध्य भएको थियो । बुधबार करिब एक बजेतिर ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका प्रधानमन्त्री ओली दुई बजे, चार बजे, बेलुकी र राति नै डिस्चार्ज हुनसक्ने भनी समय थप्दै चिकित्सहरुले जानकारी दिन थालेपछि फेरि अनेक अफवाह फैलिएको थियो ।

त्यो अफवाह फैलिएपछि सो विज्ञप्ति जारी भएको थियो । उक्त विज्ञप्तिमा प्रधानमन्त्री ओली बुधबार राति नै वा बिहीबार बिहानै अस्पतालबाट डिस्चार्ज हुने दाबी गरिए पनि राति नै उहाँको डाइलोसिस गरिएपछि उहाँ अझै केही दिन अस्पतालमै रहने स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीको वास्तविक स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पताल प्रशासन र चिकित्सकहरुलाई समेत रोक लगाइएको बताइन्छ ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएकोमा २७ गते स्वदेश फर्किनुभएृको थियो । उहाँ फेरि ५ भदौमा उपचारका लागि सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा पुगी फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो ।

२० भदौमा स्वदेश फर्किनुभएका उहाँ पाँच दिनपछि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्लाज्माफेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको थियो । २ कात्तिकमा फेरि अस्पताल पुग्नुभएको थियो । चिकित्सकहरुकाअनुसार किड्नीले काम गर्न छाडेपछि डायलाइसिस गर्नुपर्छ ।

सम्बन्धित समाचार