free website hit counter

प्रभु इन्स्योरेन्सको १०.५३ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०७७ फाल्गुन ३, सोमबार

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
आर्थिक वर्ष २०७६–७७ को वितरण योग्य मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख रुपैयाँ र उक्त बोनस शेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सम्बन्धित समाचार