free website hit counter

प्रभु क्यापिटलले दियो सेयरसम्बन्धी तालिम

beemaadmin
२०७७ चैत्र २, सोमबार

काठमाण्डौ । शेयरमा आम सर्वसाधारणको आकर्षण बढिरहेको बेला प्रभु क्यापिटल लिमिटेडले चितवनस्थित भ्याली स्टेट कलेजको सहकार्यमा चितवनको भरतपुरमा शनिबार सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। भरतपुरस्थित स्मार्ट ब्यांक्वेटको सभाहलमा आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपालको सेयर बजारको अवस्था, लगानी किन गर्ने, प्राथमिक बजार तथा धितोपत्रको दोस्रो बजार, सेयर बजारलाई प्रभाव पार्ने तत्वहरुका साथै सेयर बजार विश्लेषण गर्ने आधारभूत विश्लेषण तथा प्राविधिक विश्लेषण एवं आफ्नो पोर्टफोलियो कसरी बनाउने, लगानी व्यवस्थापन भनेको के होलगायतका विषयमा जानकारी सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो।

Advertisement
Advertisement

कार्यक्रममा भ्याली स्टेट कलेजका प्राध्यापक मन अधिकारीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको प्रमुख अतिथि प्रभु क्यापिटलका प्रबन्ध सञ्चालक दिनेश थकालीले कार्यक्रममा सम्बोधन गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुँजी बजारसम्बन्धी यस्ता किसिमका कार्यक्रममा बिजनेस स्कुलहरुसँग सहकार्य गर्दै प्रभु क्यापिटल अगाडि बढेको बताए। साथै, कलेजहरुले आयोजना गर्ने यस्ता कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धिमा मद्दत पुग्ने उनको भनाइ थियो।

Advertisement
Advertisement

कार्यक्रममा अतिथि युनियन लाइफ इन्स्योरेन्सका प्रदेश नं. २ का डेपुटी प्रदेश प्रमुख इन्द्रराज सुवेदीले मोफसलमा यस्ता कार्यक्रमको आयोजना हुनु सुखद् पक्ष रहेको र यसले सेयरबजारका बारेमा चेतना अभिवृद्धि गर्ने बताए। तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए।

सम्बन्धित समाचार