काठमाडौं । जीवन बीमाको क्षेत्रमा आफ्नो अस्तित्व देखाउन सफल प्रभु लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८३.४७ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष यसैअवधिमा इन्स्योरेन्सले ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको खुद बिमा शुल्क एक अर्ब ४० करोड ३ लाख रुपैयाँ छ। अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सको बिमा शुल्क एक अर्ब १५ करोड ९९४ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ २३ पैसा छ। तथापि इन्स्योरेन्सको बीमाकीय मूल्यकंन र सो पश्चात हुन आउने नाफाले प्रतिशेयरआम्दानी तथा नेटवर्थ सबैमा परिवर्तन हुनसक्ने कम्पनीले जानकारी गराएको छ। चुक्ता पूँजी २ अर्ब रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३९ करोड ५५ लाख ७७ हजार रुपैयाँ, जीवन बीमा कोषमा एक अर्ब ९४ करोड ७ लाख रुपैयाँ सञ्चित छ।