free website hit counter

प्रवक्तामा अधिकारी नियुक्त

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा बसन्त अधिकारी तोकिएका छन् । मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको प्रवक्तामा अधिकारीलाई बिहीबार तोकेका हुन् । मन्त्रालयका संघीय मामिला महाशाखाको प्रमुख समेत रहेका अधिकारी करिब डेढ महिना अगाडि सो मन्त्रालयमा सरुवा भएर आएका हुन् । स्पष्ट वक्ताका रुपमा चिनिएका अधिकारी सहसचिवमा नियुक्ति पाएपछि प्रदेश नं. ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव हुँदै सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालीसकेका छन् । प्रवक्तामा नियुक्त भएपछि अधिकारीले मन्त्रालयका गतिविधिलाई नियमित रुपमा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउन कञ्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि सो मन्त्रालयको प्रवक्तामा सहसचिव भुपराज बराल थिए । उनको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएसँगै सो पद रिक्त थियो ।

सम्बन्धित समाचार