free website hit counter

प्रिमियर इन्स्योरेन्सको लाभांश साधारणसभाबाट पारित

beemaadmin
२०७७ चैत्र २६, बिहीबार

काठमाडौ । आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा प्रिमियर इन्स्योरेन्सको २९औं वार्षिक साधराणसभाले पारित गरेको छ । सभामा संचालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तूत गरेका थिए ।

कम्पनीले आव २०७६–७७ मा कूल बीमा शूल्क १ अर्ब ६९ करोड ७ लाख ४५ हजार आर्जन गरी खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ । सभाले कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ‘ख’ अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठ नियूक्त गरेको छ ।

सम्बन्धित समाचार