free website hit counter

फागुन १८ गतेदेखि २५ गतेसम्म

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

मेष : सामाजीक सञ्जालबाट घुमाउरो पाराले प्रेम प्रस्ताव आइलाग्न सक्छ ढिलो निर्णय गर्नुहोला । कार्य सम्पादनको सिलसिलामा विवाद भएता पनि मेहनत खेर जाने छैन । वैदेशिक यात्राको सिलसिलामा विशिष्ट व्यात्तित्वहरुसगँको भेटले व्यवसायीक प्रेरणा मिल्नेछ । साताको अन्त्यमा परोपकारी कार्यमा संलग्न हुदाँ आत्मा सन्तुष्टी मिल्नेछ ।

वृष : विदेशमा रहेका शुभ चिन्तकहरुले विभिन्न जिम्मेवारी दिलाउनेछन । व्यवसायका सिलशिलामा अन्य मुलुकको भ्रमण गर्नुपर्ने हुनसक्छ । मन पराउनेले साथीले साझेदारीमा लगानी गर्ने उत्सुकता दर्शाउदाँ निर्णय गर्न ढिला नगर्नुहोला । कुटनैतिक क्षमताको प्रदर्शन गर्नु उचित हुन्छ । सप्ताहन्तमा सुखद समाचार प्राप्त होला ।

मिथुन : अग्रजहरुको संगतले ज्ञानको दायरा बढाउने अवसर प्राप्त होला । कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ । प्रेम प्रेमीकाको सपना साकार पार्न आफुलाई वास्तविकताको धरातालमा उभ्याउनु श्रेयकर हुन्छ । सामाजिक क्षेत्रमा नेतृत्वदायक भुमिका निर्वाहा गर्ने अवसर प्राप्त हुनसक्छ ।

 

कर्कट : अर्कालाई बढी विश्वास गरि पछि लाग्दा अभिभावक चिडिने छन । जिद्दी गर्ने स्वभावले समस्या आउन सक्छ । बिशेष कार्य योजनाको जग बसाउन प्रेमिकाले साथ दिनेछिन । अर्काको आश गरि बस्नाले पछि परिनेछ । दृडताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्नेछ ।

सिंह : आफनो व्यतिmत्व तथा सुन्दरता प्रति आकर्षित हुनेहरुको ओइरो लाग्ने सम्भावना छ । यसै शिलशिलामा मंगलिक कार्यमा बाधिने प्रस्ताव समेत आइलाग्न सक्छ , अभिभावको रुचि तथा स्वविवेकद्धारा निर्णय गनुहोला । कम बोल्दा नै यो साता लाभदायक रहनेछ । साताको अन्त्यमा बनभोज तथा भ्रमणमा रमाइनेछ ।

कन्या : आकस्मिक यात्रा गर्ने अवसर आइलाग्नेछ । योजना सफल बनाउन कठोर मेहनत गर्नुपर्नेछ । सभा सम्मेलन तालिम जस्ता कार्यक्रममा सहभागि हुने मौका पाइनेछ जसले कार्य क्षेत्रमा वृद्धि भै पदोन्नतीको कार्यभार दिलाउनेछ । विहीबार र शुक्रबार मन मिल्ने साथीको मंगलिक समारोहमा सहभागि भइनेछ ।

तुला : चियोचर्चाे गर्नेहरुले व्यवसायमा धक्का पुर्याउने प्रयत्न गर्नेछन , संयमता पूर्वक कार्य सम्पन्न गर्नुहोला । आखाँ सम्बन्धि समस्याले सताउँदा धन खर्च हुने सम्भावना छ । भोज भतेरमा सहभागी हुदाँ आफ्नो बहुमुल्य सरसामानप्रति निगरानी राख्नुहोला । सवारी चलाउँदा सावधानी अपनाउनुहोला ।

वृश्चिक : यो साता आफना प्रशंसकहरुले सहयोगि भावना व्यक्त गर्नेछन । लामो समयदेखि रोकिएका कामको गाँठो स्वतः फुकुवा हुनेछ । बुधबारपछि नयाँ व्यवसायको श्रि गणेश हुने सम्भावना छ । घातुको कारोबार गर्न सके सोचे जस्तै फाइदा हात लाग्नेछ । मनोरञ्जनका क्रममा भने खर्च वृद्धि हुनेछ ।

धनु : अहोरात्रको प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतिस्प्रर्धा गर्दा सजिलै नतिजा आफनो हातमा पार्न सकिनेछ । आम्दानीको दिगो स्रोत फेला पार्न केहि समय कुर्नु पर्नेछ । सुनौलो रंगलाई प्राथमिकता दिनु भयो भने कुनै पनि कार्य गर्न सहज हुनेछ ।

मकर : अरुलाई छिटो विश्वास गर्नाले आफैलाई नोक्सान पुग्न सक्छ । अभिभावकको सुझाव मुताविक कार्य सम्पन्न गर्नुहोला । सुखद प्रेम सम्बन्धलाई बाहिरी कुराले खलबल्याई प्रेमिका चिडिन सक्छिन, सहीमार्ग पहिल्याउनु होला । साथीभाइहरुले तपाइको योजनालार्ई सकारात्मक रुपमा लिनेछन ।

कुम्भ : होसियार पूर्वक गरेका कार्यबाट प्रर्याप्त आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । अन्योलका विच उन्नतीको मार्ग प्रशस्त हुनेछ । रोजगारीका अवसर प्राप्त हुन सक्छ । साताको अन्त्यमा भैतिक साधन खरिद गर्ने अवसर जुटन सक्छ ।सरोकार नभएका विषयमा चासो राख्दा विवाद सृर्जना गर्न सक्छ ।

मीन : साथीहरुलाई आर्थिक कारोबार सम्बन्धी वचन दिँदा संयम अपनाउनुहोला । प्रातः कालीन समयमा भगवानको स्मरण योग ध्यान गर्दा मानसिक तनाव कम हुनेछ , भने शरिरिक आलस्य पनि हटेर जानेछ । पहेलो रंगको पहिरानले ठुलो उपलब्धि हात लगाउने सम्भावना छ ।

सम्बन्धित समाचार