काठमाडौं । शेयर बजारमा आकर्षण बढेको बढ्यै छ । प्रारम्भिक शेयर आवेदकको संख्या दशौं लाख पनि नाघिसकेको बेला बेयर बजारमा ठूला कम्पनीको आइपीओ लाइनमा आइरहेका छन् ।
नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ । बोर्डमा आवेदन दिएको सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओ हिजो स्वीकृति भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
सिंगटी हाईड्रो इनर्जीको कूल एक अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात एक अर्ब एक करोड ५० लाख रुपैयाँको शेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ४५ करोड पुग्नेछ ।