free website hit counter

फेरि उकालो लाग्दैछ सुन, एक सातामा २२०० रुपैयाँले बढ्यो भाउ

beemaadmin
२०८१ पुष १३, शनिबार

काठमाडौं । गत साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले महँगिएको छ। अन्तराष्ट्रिय बजारमा देखिएको सामान्य बृद्धिको कारण सुनको भाउ केहि महँगिएको हो। अघिल्लो साताको अन्तिम दिन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको छापावाला सुन गत साताको अन्तिममा बढेर १ लाख ५० हजार ७०० रुपैयाँ पुगेको हो। यता चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ। अघिल्लो साता प्रतितोला १ हजार ७६० रहेको चाँदीको भाउ बढेर प्रतितोला १ हजार ८१५ रुपैयाँ पुगेका हो। गत साता सुनको भाउ केहि बढेपनि अहिले नै सुनको भाउ थप बढेर जाने अवस्था नरहेको जानकारहरु बताउछन्। अन्तराष्ट्रिय बजारमा नै सुन घट्दो क्रममा छ। यसले गर्दा आगामी दिनमा सुन थप घट्न सक्ने आँकलन व्यवसायीहरुले पनि गरिरहेका छन्। हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिआउन्स २६२२ डलरमा कारोबार भइरहेको छ। अघिल्लो साता सुन प्रतिआउन्स २६०० डलरभन्दा तल झरेको थियो। गत साता भने सुनको भाउमा सामान्य बाउन्स ब्याक देखिएको व्यवसायीहरु बताउछन्। भाउ घटेपनि अझै बजारमा सुनको आपूर्ति भने सहज हुन सकेको छैन। अझैपनि महासँघले तोकेकोभन्दा बढी मूल्य तिरेर सुन खरिद गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरु बताउछन्।

सम्बन्धित समाचार