free website hit counter

फेरि ऐतिहासिक उचाइ नजिक सुनको मूल्य

beemaadmin
२०८० श्रावण ११, बिहीबार

काठमाडौं । सुनको भाउ ऐतिहासिक उचाइ नजिक पुगेको छ । साउन ११ गते, बिहीबार सुन तोलामा ८०० रुपैयाँले महंगिएको छ । जुन रेकर्ड स्तरभन्दा १०० रुपैयाँले मात्र कम हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । एक साताअघि सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । साउन ४ गते सुन प्रतितोला एक लाख १३ हजार ६०० रुपैयाँ पुगेको थियो । बुधबार पनि सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको भाउ लगातार तेश्रो दिन वृद्धि भएको छ । तीन दिनमा सुन प्रतितोला एक हजार ५०० रुपैयाँले महंगिएको छ । बिहीबार सुनसँगै चाँदीको भाउ पनि बढात्तरी भएको छ । आज चाँदी तोलामा नै २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४९० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला १० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार