काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १२ सय रूपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको भाउ तोलामा १ लाख १२ सय रूपैयाँ पुगेको जानकारी दिएको हो । यसका लागि आजै तोलामा ८०० रूपैयाँले सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रुपैयाँ कायम छ । हिजो मंगलबार सुनको मूल्य तोलामा १ लाख ४०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ९०० रुपैयाँ थियो ।