free website hit counter

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य

beemaadmin
२०७८ फाल्गुन १६, सोमबार

काठमाण्डौ । नेपाली बजारमा सोमबार फेरि सुनको भाउ ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार