free website hit counter

बजाजले ल्यायो शून्य अफर, १० लाखसम्म जित्न सकिने

beemaadmin
२०७७ चैत्र ५, बिहीबार

काठमाडौं । बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरूका लागि बजाज शून्य अफर ल्याएको छ । जसबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट खरिद गर्नुपनेछ । यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएस मार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।

अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु। १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरुको सवारीले निश्चिन्त बनाउनु नै भएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचार