free website hit counter

बझाङका बिरामी जाँच्न पुगे गोविन्द

beemaadmin
२०७७ बैशाख २५, बिहीबार

बझाङ । सरकारी अस्पताललाई मजबुद बनाउनुपर्छ भन्ने डाक्टर गोविन्द केसीको माग कति जायज रहेछ भन्ने कुरा महामारीले देखाइदिएको छ । यही बेला स्वास्थ्य क्षेत्रको सुधारका लागि पटक पटक असनमा बसेर जनताको मत जित्न सफल डाक्टर केसी जिल्ला अस्पताल बझाङ आइपुग्नुभएको छ । डाक्टर केसी बुधबार बेलुका जिल्ला अस्प्ताल बझाङ पुग्नुभएको जिल्ला अस्पताल बझाङका डाक्टर मिलन खड्काले बताउनु भयो । डाक्टर केसी केही समय मात्रै बझाङ बस्ने जिल्ला अस्पताल बझाङका कार्यलय प्रमुख डाक्टर सन्दिप ओखेडाले बताउनु भयो । डाक्टर ओखेडाका अनुसार डाक्टर केसी बझाङ पुगेको यो दोस्रो पटक हो । डाक्टर केसीले अहिले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई सेवा दिइरहनुभएको छ ।
जिल्ला अस्प्तालमा डाक्टर केसी आएको जानकारी पाएपछि उपचार गराउनेहरु बढेका छन् । बिहीबार एकै दिन झण्डै १० जनाले सेवा लिएका छन् । गएको कार्तिक १८ गते डडेल्धुरा पुगेर अनसन बसेका बेला उहाँले सुदूरपश्चिमको डोटी र डडेल्धुरामा मेडिकल कलेजको माग राख्नुभएको थियो ।

सम्बन्धित समाचार