free website hit counter

बाबुराम दम्पत्तिमा कोरोना पुष्टि

beemaadmin
२०७७ कार्तिक ८, शनिबार

काठमाडौं । कोरोनाले सबैतिर आतंक सिर्जना गरिरहेको बेला बाबुराम दम्पत्तिमा कोरोना पुष्टि भएको छ। पूर्व प्रधानमन्त्री रहेका बाबुराम भट्टराई र उनी धर्मपत्नी हिसिला यामी दुबै जना कोरोना संक्रमित भएका छन्।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रीमान श्रीमति दुवै जनामा कोरोना पुष्टि भएको जानकारी दिए। ट्वीटरमा उनले भनेका छन्, ‘हिसिला र म दुबैलाई कोभिड९१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं१ केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

Advertisement
Advertisement

कात्तिक ७ गते दिएको श्वाबको नतिजा पोजेटिभ आएको र डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्। साथै उनले आफूसँग नजिक भएका सबैलाई सतर्क रहन समेत आग्रह गरेका छन्।

Advertisement
Advertisement

सम्बन्धित समाचार