free website hit counter

बाराही हाइड्रोपावरलाई शतप्रतिशत हकप्रदको स्वीकृती

beemaadmin
२०८० फाल्गुन २४, बिहीबार

कामठाडौं । विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर पब्लिक लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ। आयोगले कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। गत पुस २९ गते सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारण सभाले सो अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

सम्बन्धित समाचार