free website hit counter

बिना चेक पनि १ लाख नगद झिक्न सकिने

beemaadmin
२०७७ श्रावण १४, बुधबार

काठमाडौं । कोरोना कहरले वित्तिय क्षेत्रमा प्रविधिको प्रयोग बढाएको छ । सबै बित्तिय संस्थाले डिजिटल प्रविधिको प्रयोगलाई अत्यधिक महत्व दिइरहेका छन् ।

ग्राहकलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको हो । मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाखसम्मको रकम झिक्न सक्नेछन् । हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराइएको बैंकले जनाएको छ । यो सेवा सेवालाई क्रमशः देशभरिका शाखाहरुमा उपलब्ध गराउने पनि बैंकले जनाएको छ ।

नयाँ सेवाको सुरुआतको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, अब नबिल बैंकका ग्राहक महानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–इन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ । ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । स्क्यान एन्ड वीड्रमार्पmत ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने पनि बैंकले अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार