काठमाडौं । मोरङ जिल्ला बेलबारि नगरपालिका ११ जुराह निवासि स्व. बिरबहादुर पाण्डे र आमा पदम माया राउत पाण्डेकी छोरी २२ वर्षकी सबिता पाण्डेको जातिय परम्परा अनुसार बेलबारि नगरपालिका ११ भाङबारि मोरङ निवासि कुमार बस्नेतसँग माघ १७ गते सुभबिवाह भयो । विवाहमा निम्ता दिइएका आफन्तले आफ्नो गच्छेअनुसारको उपहार दिनु नौलो भएन । तर घरसँगैका छिमेकि काकाले दिएको गोडधुवा उपहार भने अरु भन्दा भिन्दै थियो । आईएमई लाईफका फाईनान्सियल एडभाईजर कमल बहादुर गरुङले छिमेकि छोरीलाई अन्य जिन्सि सामाग्रि वा नगद उपहारको सट्टामा रु दुई लाख बराबरको आईएमई लाईफ ईन्स्योरेन्सको आईएमई सरल सावधिक बीमा योजनाको पोलेसि उपहार दिनु भएको हो । उक्त बीमा पोलेसि सोहि दिन आईएमई लाईफ साखा कार्यलय बिराटचोकको साखा प्रमुख यामनाथ दाहालले हस्तान्तरण गर्नु भएको हो । उक्त पोलेसि हस्तान्तरण गर्दै साखा प्रमुखले नव विवाहित जोडीलाई दाम्पत्य जीवनको सफल्ताको सुभकामना दिदै भन्नु भयो, यो फरक उपहारले भोलि जीवनमा आईपर्ने जोखिमको सुरक्षा र भबिस्यको लागि दिगो वचत समेत भएकाले आगामि दिनमा हरेक नागरिकले बिवाह, व्रतमन, पास्नि, जन्मदिन बिवाहबर्ष गाँठो जस्ता हाम्रा पर्व अथवा परम्परा संस्कारमा फजुल खर्च कम गरि भबिस्य र भोलि आऊने जोखिम बहन गर्ने दिगो वचत गरेमा परिवार जिबनमा सहज हुने बारेमा साखा प्रमुखले बताउनु भयो ।