free website hit counter

बीओके र ग्लोबल आईएमई बैंक मर्ज हुँदै

beemaadmin
२०७९ असार २, बिहीबार

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन्। यी दुई बैंक बीच प्रारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन्। यी दुई बैंक बीच आज बिहान ८ बजे समझदारी पत्रमा हस्ताक्षर भएको हो। यससँगै दोस्रो बजारमा यी बैंकहरुको शेयर कारोबार रोक्का गरिएको छ।
मर्जरपश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक रहनेगरी सहमति भएको छ भने प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रुपैयाँ छ भने बैंक हफ काठमाण्डौको १० अर्ब ६३ करोड ३९ लाख ९४ हजार रुपैयाँ छ। दुर्य बैंकविच १ बराबर १ शेयर अनुपातमा गाभिनेगरी प्रारम्भिक सहमति भएकोले मर्जरपश्चात बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार रुपैयाँ पुग्ने छ।

सम्बन्धित समाचार