free website hit counter

बीमकको ५० प्रतिशत खर्च प्रचारप्रसारमा

beemaadmin
२०८० जेष्ठ ४, बिहीबार

काठमाडौ । जनतामा बीमा चेतना वृद्धिका लागि प्रचारप्रसारको अवाश्कता रहेको छ । नियामक निकाय र बीमकहरु यसमा सक्रियता पूर्वक लाग्ने हो भने अपार सम्भावना बीमा क्षेत्रमा रहेको छ । बीमा कम्पनीहरुले आफ्नो कुल खर्चको ५० प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी (पाचौं संशोधन) निर्देशिका २०८० जारी गर्दै व्यवसाय प्रर्वद्धन तथा प्रचार प्रसार सम्बन्धी थप व्यवस्था गरेको हो । उक्त व्यवस्था अनुसार निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले बीमकको व्यवस्थापन खर्च अन्तर्गत अतिथि सात्कार, व्यापार प्रर्वद्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षमा खुद बीमाशुल्कको बढीमा १.५ प्रतिशतसम्म खर्च गर्न सकिने व्यवस्था गरेको छ । त्यसरी भएको कुल खर्च मध्ये पनि न्युनतम ५० प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नुपर्ने प्राधिकरणले व्यवस्था गरेको हो । यस्तै प्राधिकरणले बीमक गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिकालाई पनि संशोधन गरेको छ । प्राधिकरणले निर्देशिका संशोधन गर्दै दफा १० को उपदफा १९ पछि २० उपदफा थपिएको हो । उक्त व्यवस्था अनुसार गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी प्रकृया पुरा गरी एकिकृत कारोबार संञ्चालन गरेका निर्जीवन बीमकले आर्थिक वर्ष २०८०र८१ का लागि व्यापार प्रवद्र्धन, विज्ञापन तथा प्रचार प्रसार शिर्षक खर्चमा तोकिएको सीमाको अतिरिक्त एक प्रतिशत सम्म खर्च गर्न सकिने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार