free website hit counter

बीमा दाबी भुक्तानी मागदर्शन जारी, प्रत्येक बीमकले बीमा दाबी विभाग गठन गर्नुपर्ने

beemaadmin
२०८१ असार १७, आईतवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ । बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर यो मागदर्शन जारी गरेको प्राधिकरणले हरेक बीमा कम्पनीहरुलाई ‘बीमा दाबी विभाग’ र संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्न आदेश दिएको छ । त्यसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुख सहित आवश्यक सङ्ख्यामा कर्मचारी नियुक्त गनुपर्ने हुन्छ । त्यसो गर्दा हरेक बीमा कम्पनीहरुले कम्तिमा ५ देखि १० जनासम्म नयाँ कर्मचारी थप गर्नु पर्ने र त्यसबाट कम्पनीहरुको मासिक संचालन खर्च लाखौं रुपैँयाले बढ्ने निश्चित छ । प्राधिकरणले निर्जीवन बीमा दाबीका लागि जाँचबुझको व्यवस्था समेत गरिएको छ । बीमा दाबीका लागि बीमितले आवश्यक कागजात सहित निवेदन दर्ता गरेको सात दिनभित्र बीमकले आवश्यक जाँचबुझ गरी दाबी भुक्तानी दिनुपर्ने व्यवस्था समेत गरिएको छ ।

सम्बन्धित समाचार